नवलपरासीमा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
505
Shares
नवलपुर (नवलपरासी)। नवलपरासीको बर्दघाट–सुस्तापूर्व, देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, राति पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनर चालक माधव पङ्गेनीको उपचारको क्रममा आज बिहान भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ। उनी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय हुन्।
कन्टेनरका सहचालक रामबहादुर सार्की र ट्रकचालक बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।