दमौली (तनहुँ)। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा गए राति दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार, पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको अर्को स्कुटर ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको उपचारको क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा अर्का स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रवीण क्षेत्री घाइते भएका छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ।