arrow

मेटा दर्ताका लागि सम्पर्कमा आएन, फेसबुक बन्द हुने तय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
meta-facebook-mark.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटा अहिलेसम्म दर्ता प्रक्रिया आएको छैन । बिहीबार रातिसम्म मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्कमा नआएपछि फेसबुक बन्द हुने तय जस्तै छ । 

सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिएसँगै यदि सरकार पछि हटेन भने बिहीबार मध्यरातपछि फेसबुक नेपालमा बन्द हुनेछ । 

सरकारले बिहीबार दिउँसो दर्ता प्रक्रियामा नआए त्यस्ता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । योसँगै तत्काललाई फेसबुक बन्द हुनेछ । 

सरकारले नियतवश फेसबुक बन्द गर्ने नियतले यस्तो कदम अगाडि चालेको भन्दै आक्रोशसमेत व्यक्त भइरहेका छन् । 

कतिपयले सामाजिक सञ्जालमै लेखेर सरकारको चर्को आलोचना गरेका छन् । 

प्राधिकरणले जारी गर्यो सूचना
नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २६ ओटा समाजिक सञ्जाल दर्ता प्रक्रियामा नआएको भन्दै मध्यरातपछि सञ्चालनमा रोक लगाउने जनाएको छ । 

यो सूचना जारी गरेपछि हाम्रोपात्रो भने दर्ता प्रक्रियामा गएकाले उसको सेवा बन्द नहुने भएको छ । 

हाम्रोपात्रो बाहेक के के हुँदैछन् बन्द ?

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ