arrow

सरकारको निर्देशनपछि नेपालमा सामाजिक सञ्जाल निष्क्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
social-media-2024.jpg

काठमाडौँ। सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले निष्क्रिय पारेका छन्। नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्र प्राप्त गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा पहुँच बन्द गरेका हुन्।

नेपाल टेलिकमले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यो कदम चालिएको जनाएको छ।

प्राधिकरणले बिहीबार विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउनका लागि पत्र पठाएको थियो। यसमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्लेटफर्महरू समावेश छन्।

एनसेलले पनि सरकारको निर्देशनबमोजिम आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ