arrow

सरकारको निर्देशनसँगै वर्ल्ड लिङ्कले बन्द गर्‍यो २५ सामाजिक सञ्जाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
world-link.png

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्महरु बन्द गरिएको बताएको छ ।

वर्ल्ड लिङ्कले टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने जनाएको छ । वर्ल्ड लिङ्कले २५ ओटै सामाजिक सञ्जाल बन्द गरेको जनाए पनि पूर्ण रुपले बन्द हुन अझै केही समय लाग्ने वर्ल्ड लिङ्कका एक अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ