arrow

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई कैलालीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
nic-asia-swostik-cardio--multispecialty-hospital.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाएको छ।

यस बैङ्कका ग्राहकहरूले उक्त हस्पिटलमा सामान्य शय्या-अस्पताल भर्ना, क्याबिन-अस्पताल भर्ना, आइसियु बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेसन, प्याथोलोजी परीक्षण, भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इको, टीएमटी, एन्डोस्कोपी र औषधि जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ