arrow

सेजनको अध्यक्षमा भागवत, महासचिवमा कमल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
sejon-82-5-21.jpg

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट सेतोपाटी डटकममा कार्यरत भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् ।

उनी पूर्व महासचिवसमेत हुन् । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ तथा आशा थपलियाले ४१ मत पाए । 

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भए । समितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत ल्याए । 

यसैगरी कोषाध्यक्षमा उकालो डटकमकी केशु लामिछाने १३३ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी अन्नपूर्ण दैनिककी ममता थापाले १०८ मत प्राप्त गरिन् । समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भए ।  

समिति सदस्यमा कान्तिपुर दैनिककी सीमा तामाङ, बाह्रखरी डट कमका कमल धिताल, टुरिजम पाटीका अर्जुन तामाङ, कर्पोरेट समाचारका भोजराज भण्डारी र क्लिकमाण्डुका राजु बास्कोटा निर्वाचित भए । 

सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् । चुनावमा २४६ मत खसेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ