काठमाडौँमा बढाइयो कर्फ्युको दायरा, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयदेखि सिंहदरबार क्षेत्रमा पनि
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
763
Shares
काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन उग्र बनेसँगै कर्फ्युको दायरा बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वरमा कर्फ्यु लगाएकामा त्यसको दायरा बढाएर राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय निवास क्षेत्र र सिंहदरबार क्षेत्रमासमेत कर्फ्यु आदेश जारी गरेको छ ।