arrow

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
Kathmandu_Avion_01.JPG.jpeg

काठमाडौँ । जेनजी आन्दोलनपछि अशान्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। नेपाली सेनासहितका सुरक्षा फौज शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि अवस्था नियन्त्रणमा आएको हो।

यसैबीच, नेपाली सेनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। सेनाले ऐतिहासिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएको जनाउँदै अवाञ्छित गतिविधिबारे जानकारी भए तत्काल खबर गर्न आग्रह गरेको छ।

हाल काठमाडौँका सडकहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। यद्यपि, मानिस र सवारी साधनको चहलपहल भने न्यून रहेको छ। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा लगाएको आगो निभाउने प्रयास सुरक्षाकर्मीले गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ