arrow

मोरङमा दिनभर निषेधाज्ञा, रातिदेखि कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
Morang_District.png

विराटनगर। मोरङ जिल्ला प्रशासन कार्यालयले आज दिनभरका लागि निषेधाज्ञा आदेश जारी गरेको छ। जेन-जी आन्दोलनले निम्त्याएको अशान्तिलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएअनुसार, आज साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लामा कर्फ्यू आदेश जारी रहनेछ। मोरङमा भदौ २४ गतेदेखि नै निषेधाज्ञा र कर्फ्यू लगाइएको छ।

पछिल्लो समय मोरङमा कुनै अप्रिय घटना नभएको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेको प्रजिअ यादवले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ