एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
769
Shares
काठमाडौँ। टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मङ्गलवारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ। यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरूको फाइदा शुक्रवारसम्म लिन सक्नेछन्।
हालको विषम परिस्थितिमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने
उद्देश्यले यी सेवाहरू
एनसेलले मङ्गलवारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो। एनसेलले आज बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरू १ दिन थप गरिएको जानकारी गराएको हो।
एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन्।