arrow

जेलबाट भागेका कैदी नियन्त्रणमा लिने क्रम जारी, राजविराजबाट १९२ नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
saptari-district.png

काठमाडौँ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका एक सय ९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ ।

भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने एक जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् ।

साथै, फरार १२ जना कैदीहरू आफैं फर्की कारागारमा हाजिर भएका छन् । यता, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै सुरक्षा निकायसँग झडप गरेका थिए । उक्त झडप नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र २ जनाको मृत्यु भएको छ ।

यसैबीच, काभ्रेपलान्चोकको बनेपा-९ स्थित नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियारसमेत बरामद भएको नेपाली सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ