काठमाडौँ । नेपाली सेनाको भूमिका एकाएक बढेसँगै सेनाको फौज काठमाडौँमा ओइरिँदै छ । बिहीबार मात्रै काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौँ आएको छ ।
पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको आधा दर्जन ट्रकमा सेनाहरु काठमाडौँ आएका हुन् ।
सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै थप शक्ति परिचालनका लागि सेना ल्याइएको हो ।
गत सोमबार भएको जेन–जीको आन्दोलनमा सरकारले अन्धाधुन्ध जेन–जीहरु मारेपछि मंगलबार ध्वंस मच्चिएको थियो । जहाँ सेनासँग जोडिएको सिंहदरबार, सेनाको परमाधिपति राष्ट्रपतिको कार्यालय, संसद भवन लगायत जलाएर ध्वस्त पारिएको थियो ।
यसैबीच जेन–जीसँग वार्ता गरेर नयाँ सरकार गठनका लागिसमेत सेनाले नै भूमिका खेलिरहेको छ ।