arrow

काठमाडौँ उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
airport-ko-wastha.jpeg

काठमाडौं। नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मा लिएसँगै काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ। सेनाले कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाएपछि सर्वसाधारणहरू अत्यावश्यक कामका लागि घर बाहिर निस्किएका छन्।

सेनाको घोषणाअनुसार, आज बिहान ६ बजेदेखि ११ बजेसम्म मानिसहरूलाई आवतजावत गर्न दिइएको थियो। त्यसपछि ११ बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ। यस्तै, साँझ ५ बजेदेखि ७ बजेसम्म पनि निषेधाज्ञा केही खुकुलो पारिएको छ।

आवश्यक कामका लागि मानिसहरू पसलबाट सामान किन्न र अन्य जरुरी काममा निस्केका छन्। सुरक्षाकर्मी, सञ्चारकर्मी, चिकित्सक र सरकारी कर्मचारीहरूलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको नेपाली सेनाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ