arrow

उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा [भिडियो]

निषेधाज्ञा हटेपछि काठमाडौं उपत्यका र देशभर जनजीवन सामान्य बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
ktm-gadi-.jpg

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै आज (आइतबार) देखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। यसले आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ।

केही सार्वजनिक यातायातहरू शनिबारदेखि नै आंशिक रूपमा सञ्चालनमा आए पनि आइतबारदेखि भने चक्रपथसहित भित्री सडक र उपत्यका बाहिर पनि सेवा सुरु भएको छ।

यातायात सहज भएसँगै आम सर्वसाधारणले ठूलो राहत महसुस गरेका छन्। सार्वजनिक यातायातसँगै होटल, किराना पसल र सरकारी कार्यालयहरू पनि क्रमशः सञ्चालनमा आउन थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ