arrow

सर्वोच्चको सेवा

टेन्टभित्र न्याय [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
tent-supreme-court-serviec.jpg

काठमाडौँ । सर्वोच्च अदालतले आफ्नो परिसरमा टेन्ट टाँगेर काम थालेको छ । जेन-जी आन्दोलनका क्रममा मंगलबार भएको तोडफोड र आगजनीमा परेपछि सर्वोच्च अदालतमा काम अगाडि बढ्न सकेको थिएन ।

भवन पूर्ण जलेपछि सर्वोच्चले टेन्ट राखेर परिसरबाटै काम थालेको हो । हाललाई बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता र नियमित सुनुवाइ थालिएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले यो निर्णय गरेको थियो । उनले नागरिकको आस्थाको केन्द्र रहेको अदालतमा भएको आक्रमणबाट महत्त्वपूर्ण दस्तावेज, उपकरण, सवारी साधन लगायतमा ठूलो क्षति पुगेको र नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू समेत नष्ट भएको बताएका छन् ।

प्रधानन्यायाधीश राउतले यस्तो अवस्थामा पनि सार्वभौमिकता, संविधानवाद, विधिको शासन र मौलिक हकको सम्मान गर्दै न्यायको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले अदालतका मिसिल र भौतिक स्रोतसाधन जोगाउन सहयोग गर्ने न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण नागरिकहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका छन् ।

supreme-court-justice-tent (17).jpeg
supreme-court-justice-tent (16).jpeg
supreme-court-justice-tent (15).jpeg
supreme-court-justice-tent (14).jpeg
supreme-court-justice-tent (13).jpeg
supreme-court-justice-tent (12).jpeg
supreme-court-justice-tent (11).jpeg
supreme-court-justice-tent (10).jpeg
supreme-court-justice-tent (9).jpeg
supreme-court-justice-tent (8).jpeg
supreme-court-justice-tent (7).jpeg
supreme-court-justice-tent (6).jpeg
supreme-court-justice-tent (5).jpeg
supreme-court-justice-tent (4).jpeg
supreme-court-justice-tent (3).jpeg
supreme-court-justice-tent (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ