arrow

जापानमा ज्येष्ठ नागरिकको सङ्ख्या कीर्तिमानी उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
senoir-citizen.jpg

काठमाडौँ। जापानको कुल जनसङ्ख्यामा ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूको सङ्ख्या अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, कुल जनसङ्ख्याको २९.४ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन्। यो सङ्ख्या तीन करोड ६० लाख १९ हजार हो।

तथ्याङ्कअनुसार, जापानमा ज्येष्ठ पुरुषको सङ्ख्या १ करोड ५६ लाख र ज्येष्ठ महिलाको सङ्ख्या २ करोड ५१ लाख रहेको छ। यसले ज्येष्ठ महिलाको सङ्ख्या पुरुषको भन्दा करिब ४८ लाखले बढी रहेको देखाउँछ।

मन्त्रालयको सर्वेक्षणले गत वर्ष ९३ लाख ज्येष्ठ नागरिकहरू रोजगारमा संलग्न रहेको देखाएको छ। यो अघिल्लो वर्षको तुलनामा १ लाख ६० हजारले बढी हो र यो दर पनि कीर्तिमानी उच्च हो।

६५ वर्षभन्दा माथिका व्यक्तिहरूको रोजगारी दर २५.७ प्रतिशत पुगेको छ। यसको मुख्य कारण श्रम अभाव र सेवानिवृत्ति उमेर बढाइनु रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ