arrow

जेन-जी आन्दोलनमा संलग्न भएको आरोपमा खुकुरी प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
prem-ghimire-hetauda.jpg

काठमाडौँ। हेटौंडाको फरेष्टीगेट अगाडि जेन-जी आन्दोलनमा सक्रिय रहेको आरोपमा एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ। सोमबार साँझ करिब ६ बजे मकवानपुरगढी गाउँपालिका–५ का प्रेम घिरेलाई अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा उनी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, घिमिरेको अवस्था मध्यम छ र उनलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ। स्थानीयका अनुसार, जेन-जी आन्दोलनसँगको संलग्नतालाई लिएर भएको विवादपछि यो घटना भएको हो।

प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारेको जनाएको छ, तर आक्रमणकारीको पहिचान भने पुष्टि भइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ