arrow

संविधान दिवसमा राष्ट्रपति

संसदबाट सरकार गठनको उपाय नभएपछि विघटन गरिएको हो: राष्ट्रपति पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
ramchandra-poudels.jpg

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले यो कदम आम सहमतिका आधारमा चालिएको बताए।

राष्ट्रपति पौडेलले मुलुक नयाँ सपनाका साथ परिवर्तनको नयाँ बाटोमा प्रवेश गरेको उल्लेख गर्दै नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको भविष्यको बाटो तय गर्ने विश्वास व्यक्त गरे।

उनले वर्तमान अन्तरिम सरकारको मुख्य कार्यभार राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए। राष्ट्रपति पौडेलले जेन-जी आन्दोलनका क्रममा राष्ट्रले भोगेको क्षतिको पुनर्निर्माण अहिलेको मुख्य प्राथमिकता रहेकोमा जोड दिए।

उनले राजनीतिक दल, सरकारी निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्वबाट टाढा रहँदै पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे।

राष्ट्रपति पौडेलले जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ