arrow

विदेशी विनिमय दर: डलर स्थिर, युरोको भाउ घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
foreign-exchange-always-25.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार, अमेरिकी डलरको भाउ स्थिर रहे पनि युरोको भाउमा भने सामान्य गिरावट आएको छ।

आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा तोकिएको छ। यो दर हिजो (आइतबार) को जस्तै रहेको छ।

यता, युरोपियन युरोको भाउ भने केही घटेको छ। आज युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा रहेको छ। हिजो युरोको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा थियो।

साथै युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९  पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २३ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३० पैसा र विक्रीदर ३६६ रुपैयाँ ८५ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ