arrow

तयारी निर्वाचनको

प्रधानमन्त्री र गृहमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल [भिडियो]

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
election-padadhikari.jpg

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार, छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीका विषयमा कुराकानी भएको थियो। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी बनेको छ।

साथै, विद्यमान निर्वाचनसम्बन्धी कानुनमा आवश्यक सुधार गर्ने विषयमा पनि छलफल भएको भट्टराईले बताए। सरकारले निर्वाचनलाई लिएर सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ