arrow

वेस्ट इन्डिजविरुद्ध नेपालले बनायो १४८ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
rohit-poudel-25-9-27.jpg

काठमाडौँ । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले १४८ रन बनाएको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रङ्गशालामा दुई पटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेसँगै नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको हो ।

कप्तान रोहित पौडेलले ३५ बलमा ३८ रन जोडे । त्यस्तै कुशल मल्लले २१ बलमा ३० तथा गुल्सन झाले १६ बलमा २२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १९ बलमा १७ रन बनाए बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

नेपालले दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।

यो सिरिज खेलेर नेपाली टोली आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्न ओमान जाने तालिका छ । प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् ।

यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् ।

यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गरजस्ता खेलाडी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ