एनआईसी एशिया बैङ्कद्वारा लिलाम बिक्री अनलाइन पोर्टल सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
766
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यस पोर्टलमार्फत बैङ्कको स्वामित्वमा रहेका बैङ्किङ तथा गैर–बैङ्किङ सम्पत्ति र धितो सुरक्षा स्वरूप रहेको सम्पत्तिबारे विस्तृत विवरण हेर्न सकिने बैङ्कले जनाएको छ।
ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी सूचनामा समावेश गरिएको क्युआर कोड स्क्यान गरेर वा प्रत्यक्ष रूपमा auctionassistance.nicasiabank.com मा गई सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, साथै गुगल म्यापमार्फत स्थान पहिचानसमेत गर्न सक्ने व्यवस्था गरिएको छ । खरिदमा चासो राख्ने व्यक्तिहरूले सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी थप जानकारीसमेत माग्न सक्नेछन्।
बैङ्कका अनुसार सो अनलाइन पोर्टलमा नियमित रूपमा बैङ्किङ सम्पत्ति, गैर–बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशित गरिनेछ। यस सुविधाबाट इच्छुक ग्राहकहरूले सहज रूपमा सम्पूर्ण विवरण थाहा पाई लाभ उठाउन सक्ने विश्वास बैङ्कले व्यक्त गरेको छ।