arrow

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
ramchanrass.jpg

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडा दशैँको महाअष्टमी का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरूको दर्शन गरेका छन्।

मङ्गलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती मन्दिरमा पुगेर पूजा आराधना गरेका हुन्। उनले मन्दिरमा पूजा र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण समेत गरेका थिए। दशैँको अवसरमा राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।

बडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको महागौरी स्वरूपको पूजा आराधना गरी महाष्टमी पर्व मनाइएको छ। काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा लगायतका शक्तिपीठहरूमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेको छ। राजधानी बाहिरका चर्चित शक्तिपीठहरूमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी पर्व मनाइएको समाचार छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ