arrow

सडक विस्तारमा तिलाको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
tila-gaunpalika-jumla.jpg

जुम्ला । जुम्लाकाे तिला गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको छ ।

पालिका क्षेत्रका पाँचवटा सडक निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको छ ।

सङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाका पाँचवटा सडक बनाउन बोलपत्र आह्वान गरिएको गाउँपालिकाका इञ्जिनियर सुरेन्द्रसिंह साउदले जानकारी दिए ।

गाउँपालिकाको-१ सेरीबजार-रारा गाउँ हुँदै वासथाप्लासम्म सडक स्तरोन्नति, वडा नं ३ को कुडारी काटेपुलदेखि-लौरुसम्म ग्रामीण कृषि सडक निर्माण, वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडकअन्तर्गत राँसादेखी घोडेसुडी-मानेचौर राँसा हुँदै खोप्री कयरकोट तथा वडा नं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्मको सडक स्तरोन्नति लागि बोलपत्र आह्वान गरिएको हो ।

गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन पनि निर्माण गरिने जानकारी उनले दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ