arrow

नेपाललाई दियो एक सय पाँच रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
nepal-malesiya.jpg

काठमाडौँ । मलेसियाले अन्तर्राष्ट्रिय महिला टी-२० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि एक सय पाँच रनको लक्ष्य दिएको छ  ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय चार रनको योगफल बनाएको छ । 

मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा आयोजना हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।  

प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ