प्रधानमन्त्री कार्कीद्वारा जेन-जी आन्दोलनका शहीद परिवारसँग भेटघाट
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
1.2k
Shares
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दसैँ) का दिन जेन-जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवार सँग भेटघाट गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजन सँग भेट गरेका हुन्।
यस वर्षको दसैँमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकका कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा कसैले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने सार्वजनिक कार्यक्रम राखेका छैनन्।
यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले भने दसैँको दिनमा ज्यान गुमाएका जेन-जी शहीदका परिवारसँग भेट गरी उनीहरूको शोकमा सहभागी भएकी हुन्।