आलमलाई बाहिर राखेर बनाइयो विश्वकप छनोट खेल्ने नेपाली टिम
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1.1k
Shares
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको टोलीमा रहेका साहब आलम भने उक्त टोलीमा पर्न असफल भएका छन् । क्यानका अनुसार आलम वैकल्पिक खेलाडीका रूपमा रहनेछन् ।
साथै वेस्ट इन्डिजविरूद्धकाे शृंखलामा निलम्बनमा परेका पूर्वकप्तान सन्दीप लामिछाने पनि यस टाेलीमा अटाएका छन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्ति अनुसार नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी छन् ।
टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।