arrow

टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपाल पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
nepal-women-cricket-team-18-06.jpg

काठमाडौँ । घरेलु टोली मलेसिया विरुद्धको महिला टी-२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल मलेसियासँग १३ रनले हारेको हो । वायुमास ओभल स्टेडियममा जितको लागि एक सय २१ रनको विजयलक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेट गुमाउँदै एक रन सात रनमा समेटियो ।

नेपालका लागि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन जोडे । कविता कुँवरले १५ रन बनाउँदा कप्तान इन्दू बर्माले नटआउट २२ रन बनाइन् ।

मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसाले समान एक-एक विकेट लिए । नेपालका छ जना ब्याटर रनआउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

मलेसियाका लागि ओपनर आइना हासिमले ५८ बलमा पाँच चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।

बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिए । 

यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा नेपाल विजयी भएका थिए ।

पाँच खेलको सिरिजमा मलेसियाले दुई-एकको अग्रता बनाएको छ । अब चौथो खेल मंगलबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ