काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सामाजिक सञ्जालमा जोडिएकी छिन् ।
अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नचलाएकी कार्कीले आइतबार असोज १९ गतेदेखि तीन ओटा सामाजिक सञ्जाल चलाउन थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उनी एक्स, फेसबुक र इन्स्टाग्राममा जोडिएकी हुन् । उनको एक्सको आईडी @pmsushilakarki रहेको छ । फेसबुक आईडी PM Sushila Karki ([email protected]) रहेको छ । इन्स्टाग्राम आईडी pm.sushila.karki ([email protected]) रहेको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी आन्दोलनले ओली सरकारलाई नै फालेको थियो ।
अनि त्यही आन्दोलनले सुशीलालाई प्रधानमन्त्री बनाएको थियो । तिनै सुशीला बल्ल अहिले सामाजिक सञ्जालमा जोडिएकी हुन् ।