arrow

टी-२० शृङ्खला: सिरिज बराबरीका लागि नेपाललाई 'गर या मर' को दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
nepal-malysia-women.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको यो सिरिजमा मलेसिया २–१ ले अगाडि रहेकाले नेपाललाई सिरिजमा कायम रहन आजको खेल जित्नैपर्ने दबाब छ।

शृङ्खलाको पहिलो खेलमा नेपाली महिला टिम तीन रनले पराजित भएको थियो। दोस्रो खेलमा ६ विकेटले विजयी हुँदै नेपालले सिरिजमा पुनरागमन गरे पनि तेस्रो खेलमा १३ रनले पराजय बेहोरेको थियो।

आज मंगलबार हुन लागेको चौथो खेलमा मलेसियाले जित निकालेमा एक खेल अगाडि नै सिरिज उचाल्ने छ। त्यसैले, इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमलाई सिरिज बराबरी गर्नका लागि आजको खेल जित्नैपर्ने अवस्था छ।

यदि नेपाल आज विजयी भएमा सिरिज २–२ को बराबरीमा पुग्नेछ र दुई टिमबीचको फाइनल भिडन्त असोज २२ गते हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ