दक्षिण सुडानमा नयाँ डफ्फा तैनाथ: १५औँ शान्तिसेनाको टोली प्रस्थान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1k
Shares
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) मा नेपाली सेनाको टोली बदली भएको छ।
नयाँ गोरख गण शान्तिसेनाको १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज (मङ्गलबार) कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ। यसअघि शान्ति स्थापनामा सक्रिय रहेको श्रीनाथ गणका १७६ जना शान्ति सैनिक सोमबार फिर्ता भएका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार, दक्षिण सुडानमा राष्ट्रसङ्घीय शान्ति मिसनमा हाल विभिन्न देशका सेनासँग समन्वय र सहकार्यका साथ नेपाली सेनाका एक हजार ७५७ जना शान्ति सैनिक शान्ति स्थापनामा क्रियाशील रहेका छन्।