arrow

एक सय ४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
health-insurance-bord-neapl.jpg

जनकपुरधाम । प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा शहीद भएका एक सय ४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

शहीद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत तीन हजार ५०० बीमा शुल्क प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ