arrow

यी तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
nobel-prize.png

काठमाडौँ। जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिस लाई क्वान्टम मेकानिकल टनेलिङ मा उनीहरूले गरेको अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ।

नोबेल समितिका अनुसार यी तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ। जोन क्लार्कले आफ्नो जितबारे पत्रकारहरूसँग फोनमा प्रतिक्रिया व्यक्त गर्दै यसलाई “मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य” बताएका छन्। नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले क्वान्टम मेकानिक्सको योगदान असाधारण रूपमा उपयोगी रहेको भन्दै प्रशंसा गरेका छन्।

क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा, मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा, र डेभरेटले येल विश्वविद्यालय तथा सान्ता बार्बरामा आफ्नो अनुसन्धान गरेका थिए। यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो। गत वर्ष मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि जोन हपफिल्ड र जेफ्री हिन्टनले फिजिक्स पुरस्कार प्राप्त गरेका थिए।

यसअघि सोमबार मेरी ई. ब्रन्को, फ्रेड रामस्डेल र डा. शिमोन सकागुचीले मानव प्रतिरक्षा प्रणालीको खोजीका लागि चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए। अब बाँकी नोबेल पुरस्कारहरूको घोषणा यस प्रकार हुनेछ: बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि गरिनेछ भने अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिनेछ।

विजेताहरूलाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान डिसेम्बर १० मा आयोजना हुने पुरस्कार वितरण समारोहमा प्रदान गरिनेछ। यो समारोह पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथिमा आयोजना हुने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ