arrow

काठमाडौँ महानगरको टेकु दोभानमा युवतीको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
dead-body-always.jpg

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।

काभ्रे स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ