युवा संघले मोटरसाईकल र्याली निकाल्न नपाउने [प्रशासनकाे सूचनासहित]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
4k
Shares
काठमाडौँ । एमाले निकट युवा संघले शनिबार काठमाडौँमा बृहत्त मोटरसाईकल र्याली निकाल्न नपाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल भोलि (शानिबार) कुनै पनि किसिमको मोटरसाईकल र्याली तथा सभा गर्ने अनुमति नदिएको स्पष्ट पारे ।
र्याली, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भन्दै प्रजिअ पौडेलले अब यस्ता खाले कार्यक्रमको लागि कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको स्पष्ट पारे ।
प्रशासनको स्वीकृति बिना कुनै कार्यक्रम गरिए कानूनबमोजिम कार्वाही हुने सूचनामा उल्लेख गरिएको छ ।
युवा संघले शनिबार काठमाडौंमा बृहत्त मोटरसाईकल र्याली निकाल्ने घोषणा गर्दै देशभरबाट राजधानी आउन उर्दी नै जारी गरेको थियो ।
नेता महेश बस्नेतले सरकार र जेनजीलाई देखाउने भन्दै प्रदर्शनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका थिए ।
प्रशासनकै स्वीकृति बिना बिहीबार प्रदर्शनमा उत्रिएका डा. निकोलस भुसाललगायतलाई पक्राउ गरिएको थियो ।