नेपाल विश्वकप टी–२० मा छानिने लगभग पक्का, कतारमाथि सनसनीपूर्ण जित
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
3.8k
Shares
अपडेट
काठमाडौँ । नेपाल टी–२० विश्वकपमा छानिने लगभग पक्का भएको छ । कतारमाथि सनसनीपूर्ण ५ रनको जित हासिल गर्दै नेपाल भारत–श्रीलंकाको संयुक्त आयोजनामा आगामी फेब्रुअरीमा आयोजना हुने टी–२० विश्वकपमा छानिने लगभग पक्का जस्तै भएको हो ।
विश्वकप छनोट नजिक पुगेको भए पनि बुधबार ओमानविरुद्ध हुने खेलले विश्वकपको सुनिश्चितता निश्चित गर्नेछ । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अंक छ । यूएई र जापानको समान २ अंक छ ।
१४८ रनको विजयी चुनौती लिएर मैदानमा उत्रिएको कतारले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १४२ रन बनाएपछि नेपाल ५ रनले विजयी भएको हो ।
१४८ रनको चुनौती पछ्याउने क्रममा कतारले १४२ रन बनायो । कुनै समय १२ ओभरमा १ विकेटको क्षतिमा ९७ रन बनाएर जित नजिक पुगेको कतारले त्यसपछि लगातार विकेट गुमाउँदा हार बेहोर्न पुगेको हो ।
कतारका लागि ओपनरद्धय इमाल लियानागेले ५६ तथा जुबेर अलीले ५२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ५, नन्दन यादवले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४७ रन बनायो । कप्तान रोहित पौडेलले ५८ तथा दिपेन्द्र सिंह ऐरीले २६ रन बनाए । गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रन बनाए ।
१४ रन जोड्दा नेपालले पहिलो विकेट गुमायो । कुशल भुर्तेल ६ रनमा आउट भए ।
नेपालले २५ रन जोड्दा ओपनिङ जोडी आसिफ शेखलाई गुमायो । शेख ११ रन बनाएर आउट भए ।
नेपालले ४८ रन जोड्दा तेस्रो विकेट गुमायो । कुशल मल्ल ८ रन बनाएर आउट भए ।
नेपालले ११० रन जोड्दा चौथो विकेट गुमायो । दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि रोहितसँग मिलेर ६२ रनको साझेदारी गर्ने क्रममा २६ रन जोडे ।
नेपालले ११४ रन जोड्दा पाँचौँ विकेट गुमायो । अदिल आलम २ रनमा आउट भए ।