arrow

काठमाडौँमा राहदानी आवेदन सेवा आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
ktm-cdo.jpg

काठमाडौँ । काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा शुरू हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा आजदेखि सुरु गर्न लागेको जानकारी दिएको हो ।

उक्त सेवा जेन-जी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले बुधबार बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सेवा (सिफ्ट)मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए ।

जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ । 

राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित भई सहयोग गरिदिनसमेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ