arrow

एनआईसी एशिया बैङ्कका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
nic-asia-amarapuri-resort-water-park.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूका लागि नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्क सँगको सहकार्यमा विशेष छुट सुविधा उपलब्ध गराइएको छ।

बैङ्क र रिसोर्टबीच सम्पन्न सम्झौता अनुसार, बैङ्कका ग्राहकहरूले उक्त रिसोर्टमा सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार, आवास सेवामा १५ प्रतिशत र खाना सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ। यस सुविधाको लाभ लिन ग्राहकहरूले एनआईसी एशिया बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी, अथवा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस सहकार्यले बैङ्कका ग्राहकहरूलाई नवलपुर भ्रमणका क्रममा थप सुविधा प्राप्त हुने मात्र नभई, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारको विस्तारमा समेत टेवा पुग्नेछ।”

एनआईसी एशिया बैङ्कले देशभरका विभिन्न प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानहरूसँग सहकार्य गर्दै, आफ्ना ग्राहकहरूलाई छुट, सुविधा र डिजिटल भुक्तानीको प्रोत्साहन गर्ने उद्देश्यका साथ यस्ता योजना निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ