arrow

नेप्से २२ अंकले घट्दा कारोबारमा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ । यस दिन नेप्से २२दशमलव५८ अंकले घट्दै २५०५दशमलव५८ विन्दुमा पुगेको हो ।

आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन ।

यसअघि मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ७४ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।

यसदिन सेन्सेटिभ इण्डेक्स २दशमलव९२ अंकले, फ्लोट इण्डेक्स १दशमलव३८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १दशमलव०५ अंकले घटेका छन् ।

समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ६दशमलव९३ प्रतिशत बढ्दा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड ५दशमलव२३ प्रतिशत बढेको छ । समाज लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरका शेयर भने नकारात्मक सर्किटमा पुगेका छन् ।

कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो (२०दशमलव५४ करोड रुपैयाँ), त्यसपछि हिमालयन रि इन्स्योरेन्स (१३ करोड) र यूनियन हाइड्रोपावर (करिब १३ करोड) रहेका छन् ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक १२ उपसमूह घटे, जसमा व्यापार उपसमूह सर्वाधिक २दशमलव०९ प्रतिशतले घट्यो । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूह पनि १ प्रतिशत भन्दा बढीले घटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ