arrow

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई सिद्धार्थनगर, रुपन्देहीमा रहेको एशियन बुद्ध होटेलमा १५ प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
nic-asia-bank--asian-buddha-hotel.jpg

काठमाडौं। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई एशियन बुद्ध होटेलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटेल र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटेलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ। ग्राहकहरूले उक्त होटेलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त होटेलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ