arrow

काठमाडौंमा महानगरका 'फल्चा' अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
falchha.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालिएका विभिन्न स्थानका फल्चाहरू अहिले अलपत्र परेका छन्। बानेश्वर, बबरमहल लगायतका स्थानका यी फल्चाहरू अहिले अर्धनिर्मित र अव्यवस्थित अवस्थामा देखिएका छन्।

काम अधुरै छोडिँदा ती संरचनाहरू जनसुरक्षा, ट्राफिक व्यवस्था र शहरी सौन्दर्यका हिसावले चुनौती बन्न थालेका छन्। राजधानीको मुटुमा अवस्थित मुख्य सार्वजनिक स्थलहरूमा यस्ता अधुरा फल्चाहरूको अवस्थाले महानगरपालिकाको योजनागत कमजोरी, कार्यान्वयनमा ढिलासुस्ती र उत्तरदायित्वको कमी स्पष्ट झल्काएको छ।

सार्वजनिक संरचना निर्माणको नाममा भइरहेका यस्ता कामहरूले शहरको भौतिक स्वरूपलाई बिगारिरहेका छन्। यसले आम नागरिकको सहज जीवनशैली र सुरक्षित यात्रामाथि समेत प्रश्नचिन्ह खडा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ