काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा तथा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
अन्य मुद्रातर्फ, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५७ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।
केन्द्रीय बैंकका अनुसार, जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।