एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
635
Shares
काठमाडौँ। एन आई सी एशिया बैङ्कका ग्राहकहरूलाई वन्डर्स नेपाल प्रालिद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले काठमाडौँ, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।