एनआईसी एशिया बैङ्कका ग्राहकहरूका लागि ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट सुविधा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
846
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूका लागि मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित ओम अध्याय रिट्रिटमा विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा उक्त रिट्रिट र बैङ्कबिच औपचारिक सम्झौता सम्पन्न भएको छ।
यस सहकार्यसँगै बैङ्कका ग्राहकहरूले ओम अध्याय रिट्रिटमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौता अनुसार, ग्राहकहरूले रिट्रिट प्याकेजमा १५ प्रतिशतसम्म र खाना तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट सुविधा उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ।
उक्त छुट सुविधाको उपयोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैङ्क (मोबाइल बैङ्किङ) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैङ्कले विश्वास जनाएको छ कि यस सहकार्यले ग्राहकहरूलाई आर्थिक सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको उपयोग बढाई मुलुकलाई नगदरहित कारोबारतर्फ अग्रसर गराउनेछ।