arrow

अतिक्रमित संरचना हटाउन महानगर र प्राधिकरणको सात दिने अल्टिमेटम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
kathmandu-metro-kamaladi-81.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले (शुक्रबार) संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनाइएका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ।

महानगर र प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने तथा मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि आज सूचना जारी गरिएको हो।

यो अल्टिमेटम महानगर क्षेत्रभित्र र सीमाना जोडिएका सार्वजनिक जग्गा खाली गर्न र मापदण्ड विपरीतका संरचना हटाउनका लागि दिइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ