काठमाडौँ महानगरले चलायो राम मन्दिर परिसरमा डोजर [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.2k
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिग्रहण गरी निर्माण गरिएको संरचनामा महानगरले आज डोजर चलाएको हो ।
सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानूनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।
सम्पदा क्षेत्रमा निर्माण गरिएका यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुला र व्यवस्थित गर्ने महानगरको योजनासमेत रहेको महानगरले जानकारी दिएको छ ।