एनआईसी एशिया बैङ्कका ग्राहकका लागि देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
567
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडका ग्राहकहरूका लागि रुपन्देही जिल्लाको देवदहमा अवस्थित देवदह मेडिकल कलेज तथा अनुसन्धान संस्थानमा उपचार गर्दा विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता बैङ्क र अस्पतालबीच सम्पन्न भएको छ।
सम्झौताअनुसार, बैङ्कका ग्राहकहरूले उक्त मेडिकल कलेजमा सेवा लिँदा डिजिटल भुक्तानी (मोबाइल बैङ्किङ एप वा कार्डमार्फत) प्रयोग गरेमा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैङ्कका अनुसार, ग्राहकहरूले निम्न सेवामा छुट सुविधा पाउनेछन् —
बाह्य बिरामी टिकट (ओपिडी टिकट) मा ५० प्रतिशत छुट,
सामान्य बेड शुल्कमा २५ प्रतिशत छुट,
आइसियु, एनआईसीयू, पीआईसीयू र सीसीयूमा १० प्रतिशत छुट,
शल्यक्रिया (सर्जिकल) उपचारहरूमा १५ प्रतिशत छुट,
पाथोलोजिकल प्रयोगशाला शुल्कमा १५ प्रतिशत छुट,
रेडियोलोजिकल सेवाहरूमा १५ प्रतिशत छुट (सिटी स्क्यान र एमआरआई बाहेक),
तथा अन्य स्वास्थ्य सेवाहरूमा १० प्रतिशत छुट।
ग्राहकहरूले एनआईसी एशिया बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क (मोबाइल बैङ्किङ) एपमार्फत भुक्तानी गरेर उक्त छुटको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।
बैङ्कका अनुसार यस सहकार्यले ग्राहकहरूलाई उपचारमा आर्थिक सुविधा पुर्याउनुका साथै, देशभर डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबार संस्कृतिलाई सुदृढ बनाउन मद्दत पुर्याउनेछ।