arrow

अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
ind-t20-25-11-2.jpg

काठमाडौँ । भारतले तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलियामाथि शानदार जित हासिल गरेकोछ । होबार्टमा भएको खेल भारतले ५ विकेटले जितेको हो । 

१८७ रनको चुनौती भारतले १८.३ ओभरमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

भारतका लागि वासिंगटन सुन्दरले अविजित रहँदै २३ बलमा ४९ रन बनाए । त्यस्तै छैटौँ विकेटका लागि सुन्दरसँग मिलेर ४३ रनको अविजित साझेदारी गर्ने क्रममा १३ बलमा २२ रन बनाए । 

त्यस्तै तिलक बर्माले २६ बलमा २९, अभिषेक शर्माले १६ बलमा २५ तथा सूर्यकुमार यादवले ११ बलमा २४ रन जोडे ।

यसअघि अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८६ रन बनायो । टिम डेभिडले ३८ बलमा ७४ तथा मार्कस स्टोइनिसले ३९ बलमा ६४ रन जोडे । 

भारतका अर्शदीप सिंहले ३ विकेट लिए । 

यो जितसँगै भारतले पाँच खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल वर्षाले रद्ध भएको थियो भने दोस्रो खेल अष्ट्रेलियाले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ