arrow

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण: फिर्ता ल्याउन उच्चस्तरीय आयोग माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
sudurpaschim-university.jpg

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार, विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको कुल तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको हो।

विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघामात्र भोगचलन गर्न पाएको छ। बाँकी तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ।

उपकुलपति पन्तले अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक सङ्घ र प्रदेश सरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै दुखेसो पोखे। उनका अनुसार विश्वविद्यालयको जग्गा अतिक्रमण गर्नेहरूलाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले हटाउन समस्या भएको छ।

हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ